सुशील भट्ट लगानी बोर्डको सीईओ नियुक्त - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सुशील भट्ट लगानी बोर्डको सीईओ नियुक्त



काठमाडौं– सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

१२ साउनमा बसेको बैठकमै सीईओ नियुक्त गर्ने प्रस्ताव लगिए पनि आज निर्णय भएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टका साथै रामकृष्ण खतिवडा र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो।

योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीईओ नियुक्त भएका हुन्।

लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्टलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो।