विवादित बन्दै सगुन: लगानी नगर्न बोर्डको सूचना - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

विवादित बन्दै सगुन: लगानी नगर्न बोर्डको सूचना



काठमाडौं- सामाजिक संजालको रूपमा काम गरिरहेको सगुन अहिले नेपालमा विवादित बनेको छ । नेपाल धितोपत्र बोर्डले सूचना जारी गरी सगुनमा लगानी नगर्न आग्रह गरेपछि कम्पनि अफ्ठ्यारोमा परेको हो ।

अमेरिकामा दर्ता गरेर चलाइएको कम्पनीले पछिल्लो समय नेपाल लगायतका केहि मुलुकबाट लगानी उठाउने भन्दै सर्वसाधारणलाई शेयर समेत बिक्रि गरिरहेको छ ।

नेपालमै ब्यापक विज्ञापन गरेर लगानी उठाएको सगुनले भने आफूले नेपालीलाई लक्षित गरेर लगानी नउठाएको भन्दै झुठो विवरण पेश गरेको छ ।

बोर्डले गत साउन १४ गते सार्वजनिक सूचना प्रकाशन गर्दै सगुनमा लगानी नगर्न भनेको थियो । सगुनले बोर्डमा स्पष्टीकरण निवेदन त दर्ता गरिसकेको छ । तर विवरणमा भने उसले नेपालबाट लगानी नउठाएको बताएको छ । यसकारण सगुन झनै विवादित बनेको छ ।

बोर्डले भने नेपालमा इजाजत नै नलिएर विज्ञापन गरेको, नेपाली लगानीकर्ताहरूलाई लक्षित गरेर धितोपत्रको सार्वजनिक निस्काशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।