बालकोटमा बास्कोटाले प्रधानमन्त्रीलाई भने: 'अब प्रचण्डलाई तिते करेला खुवाउनुस' - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बालकोटमा बास्कोटाले प्रधानमन्त्रीलाई भने: ‘अब प्रचण्डलाई तिते करेला खुवाउनुस’



काठमाडौं- लामो समयपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि निवासमा सवा घण्टा बिताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको वार्ता सक्नेबित्तिकै ओली बालकोट हिंडेका थिए ।

गएको श्रीपञ्चमीपछि ओली बालकोट पहिलोपटक पुगेको बताइएको छ । बालकोटमा प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रहरुसँग भेट गरे। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र सांसद महेश बस्नेतलाई बिहान भएको भेटबारे ब्रिफिङ गरेका थिए।

बास्कोटा ओलीको घर हेरचाह गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले बास्कोटा र बस्नेतलाई प्रचण्डसंग तातो तातो जेरी खाएको बताएका थिए । उनले भने, ‘तातो-तातो जेरी खाइयो। सहमतिमा पुगी सकिएको छैन।’

ओलीको ब्रिफिङपछि बास्कोटाले, आज जेरी खुवाउनुभएछ। भोलिको तितेकरेलो खुवाउनुस्। तिते करेलो खुवाएपछि पो कुरा मिल्छ ?’

ओलीले झण्डै आधा घण्टा आफूले रोपेको बिरुवा, बगैँचा चहारे। त्यस्तै ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखहरुसँग कोरोनासँग भइरहेको कामको जानकारी पनि लिएका थिए। उनी पत्नी राधिका शाक्यसहित बालकोट पुगेका थिए।