मेलम्ची पहिरो अपडेट: ३ जनाको शव भेटियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मेलम्ची पहिरो अपडेट: ३ जनाको शव भेटियो



सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको पनि प्रहरीले बतायो ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।