ओली-प्रचण्ड-नेपाल भेट्दै: ओलीलाई दवाव दिने तयारी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओली-प्रचण्ड-नेपाल भेट्दै: ओलीलाई दवाव दिने तयारी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको विवाद सुल्झाउन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज सोमबार पनि भेटघाट हुँदैछ । आइतबार भएको भेटघाटमा आज भेट गर्ने तय भएको थियो ।

आइतबारको भेटघाटमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए । आज दुई अध्यक्षबीचको भेटमा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनसक्ने बताइएको छ ।

नेकपा स्रोतका अनुसार आज हुने भेटघाटपछि पछिल्लो समय देखिएको नेकपा विवाद के हुने भन्ने टुङ्गो लाग्नेछ ।

नेकपाका एक नेताका अनुसार पछिल्लो विवाद कायम नै छ । कसरी टुंग्याउने भन्ने पनि सहमति जुटेको छैन । अध्यक्ष प्रचण्ड समूह प्रधानमन्त्री ओलीको राजिनामा मै केन्द्रित हुनेछ । जारी बैठकबाटै समाधान खोज्नेगरी ओलीलाई दवाव दिने तयारी भैरहेको छ ।

सचिवालयमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलले आफूलाई साथ दिने अनुमान गरेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो विवाद सचिवालयमा टुङ्ग्याउन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विवाद स्थायी कमिटीबाट निस्किएकाले स्थायी कमिटीमा नै यसबारे छलफल गर्नु पर्ने अडान लिन थालेका छन् ।