चुनावमा टिकट बाँडेर पैसा खाने कांग्रेस नेताका पोल खोल्दै जोशी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चुनावमा टिकट बाँडेर पैसा खाने कांग्रेस नेताका पोल खोल्दै जोशी



काठमाडौं- पूर्व गृहमन्त्री गोविन्दराज जोशी ७१ वर्ष पुगे । उनले जीवनको ५६ वर्ष नेपाली कांग्रेसको राजनीतिमा बिताए । तर, काँग्रेसले उनलाई साधारण सदस्य समेत नहुने गरी पाँच वर्षका लागि निष्काशन गरेको छ ।

जोशीमाथि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरी गत निर्वाचनमा बागी उठेर हराउन भुमिका खेलेको आरोप लागेको थियो । पौडेलसँग जोशीको लामो समययता टकराव रहँदै आएको थियो । तनहुँ गृहजिल्ला भएका यी दुई नेता सायदै मिले । दुई बीचको टकरावले तनहुँमा मात्र नभई राष्ट्रिय राजनीतिमा पनि असर पार्दै आएको छ ।

पौडेललाई अन्तर्घात गरेको आरोप लागेपनि जोशीले यसलाई अस्वीकार गर्दै आएका छन् । पौडेललाई तनहुँ काग्रेसका सस्थापक गोविन्दराज जोशीलाई पार्टीबाट निस्कासन गरेर आफू र छोरा चिन्तन पौडेलको राजनीति सुरक्षित पारेकोे आरोप लागेको छ ।

पौडेल शुरुमा कम्युनिस्ट राजनीतिबाट आएका हुन् । उनी पछि नेपाली काँग्रैस निकट विद्यार्थी संघमा समेत लागेका थिए । जोशी अझै पनि २०३५ सालमा आफू जिल्ला सचिव रहँदा पौडेललाई जिल्ला सदस्य बनाएको बताउँछन् । जोशीले पौडेल र उनका छोरा चिन्तनको राजनीतिक भविष्य सुनिश्चित गर्न आफूलाई बाइपास गरेको आरोप लगाउँछन् ।

कुनैबेला तनहुँमा कम्युनिस्टको गढ हुँदा आफूले नेपाली कांग्रेसको संगठन विस्तार गरेको बताउँछन् । नेपाली कांग्रेस नेताहरु तनहुँ जादाँ कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरीजा बाबु बस्ने उनकै घर थियो । जोशीले भने, मण्डलेको बिगबिगी भएको दमौलीमा गणेशमान सिंह जाँदा कोही बाहिर निस्कन सक्ने बातारण थिएन, तर कार्यक्रमको लागि घरबाट जाँदा मेरा पिताजीको निधन भई मुख समेत देख्न पाइनँ ।

जोशी काँग्रेस नेतृत्वमाथि गम्भीर आरोप लगाउँछन् । पार्टीमा टिकट बाँड्दा पैसा खाएकोले पराजय व्यहोर्नुपरेको उनको भनाई छ । नेपाली काग्रेसका धेरै नेताहरुलाई टिकटको लागि पैसा मागेको र पैसा नदिने सोझा र इमान्दार नेताहरुले टिकट नपाएको बताए । टिकटका लागि पैसा दिनेमा नाम चलेका नेता देखि व्यापारीसम्मको नाम उल्लेख छ ।

जोशीले अनुशासन समितीमा रहेका धनराज गुरुङले आफूमाथि बदला लिएको आरोप लगाए । जोशी गृहमन्त्री हुँदा तरुण दलका तत्कालिन सचिव भएका धनराज गुरुङ रातो पासपोर्ट बेचेको काण्डमा मुछिएका थिए र निलम्बनमा परेका थिए । जोशीले नै धनराजको सजाय घटाइदिएको बताए ।

राप्रपाका नेता सुनिल थापालाई सह–महामन्त्री बनाएको नेपाली कांग्रेसमा केवी गुरुङ, तारा नाथ रानाभाट र गोविन्दराज जोशी जस्ता पार्टीमा जीवन बिताएका नेताहरुलाई पार्टी कार्यालय जान लाज हुने भन्दै पार्टीले कारवाही गरेर राम्रो गरेको समेत बताए । उनले भने, पार्टी कार्यालयमा लाज हुने अवस्था भएकाले कारबाही गरेर राम्रो गरेको छ ।

उता गृह जिल्ला तनहुँमा जोशी इतरका इमान्दार कार्यकर्ताहरुले दमौलीस्थित सन्तोष होटलमा पत्रकार सम्मेलन गरी पार्टीको अनुशासन समितीले गरेको जोशीमाथी आधारहिन कारवाही फिर्ता नगरे जिल्ला भर रहेका ८५ वडामा भएका क्रियासिल सदस्यहरुको हस्ताक्षर सहित सभापती देउवासमक्ष सामुहिक रुपमा राजिनामा दिने चेतावनी दिएका छन् ।