ओली-प्रचण्ड वार्ता सकियो: आजको बैठक केहि फरक - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

ओली-प्रचण्ड वार्ता सकियो: आजको बैठक केहि फरक



काठमाडौं- बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।

लामो संवादहिनता तोड्दै आइतबार भएको छलफल सकारात्मक भएको बताइएको छ। गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछि दुई अध्यक्ष साक्षीसहित छलफलमा जुटेका हुन् ।

छलफल सकारात्मक रहे पनि बैठकको प्रगतिबारे केही नखुलेको बताइएको छ । आजको बैठक भने अघिल्ला बैठक भन्दा केहि फरक थियो । आजको बैठकमा साक्षी फेरिएका थिए ।

ओली र प्रचण्डका अतिरिक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।