ट्राफिक प्रहरीमा कोरोना संक्रमण: बग्गीखाना शिल
काठमाडौं- ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जना ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएको हो ।
ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना सिल गरिएको छ भने एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमित प्रहरीलाई भने अस्पताल पठाइएको छ । बग्गीखाना शिल भएपछि ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी बारिह निस्कन सकेका छैनन् सडकमा खटिएका प्रहरी बग्गीखाना गाएका छैनन् ।
झण्डै १५ सय ट्राफिकमध्ये झण्डै ४ सय जना क्वारेन्टाइनमा बसेपछि एक हजार ट्राफिक प्रहरी मात्रै सडकमा खटिएका छन् । यसअघि प्रहरी हेडक्वार्टरका झण्डै एक सय जनालाई कोरोना देखिएको थियो ।