कोरोनाबाट भारतीय मन्त्रीको निधन: भारतमा भयाबह स्थिति
काठमाडौं- कोरोना भाइरसका कारण भारतमा एक मन्त्रीको निधन भएको छ । उत्तर प्रदेशमा क्याबिनेट मन्त्री कमला रानी वरुणको निधन भएको हो ।
उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको पुष्टि भएको बताइएको छ । उनको लखनउमा रहेको अस्पतालमा उपचार भइरहेको थियो ।
आइतबार विहान उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गरेका छन् ।
उनले आइतबारका आफ्ना कार्यक्रमहरु स्थगित पनि गरेका छन् । कमला रानी उत्तर प्रदेश सरकारकामा प्रविधि तथा शिक्षामन्त्री थिइन् ।
उनले २०१७ मा भाजपाबाट निर्वाचन जितेकी थिइन् ।