ओली-प्रचण्ड बोलचाल बन्द, अझ चर्किदै नेकपा विवाद
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ ।
प्रधानमन्त्रीसमेत रहेको ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटि बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो ।
ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिएपनि शनिबार साँझसम्म दुवै नेताबीच संवाद हुन सकेको छैन ।
दुई अध्यक्षको सहमतिमा सचिबालय बैठक राखेर विवाद सुल्झाउन पक्षमा केही नेता लागि परेका छन् ।
‘दुई अध्यक्षबीच संवाद हुन्छ । त्यसपछि मात्र सचिबालय बैठक बसेर सबै विषय टुंगो लगाउनुपर्छ’, सचिबालयका एक सदस्यले भने ।
उपाध्यक्ष बामदेव गौतम पनि विवाद सचिबालय बैठकबाटै टुङ्ग्याउने पक्षमा पुगेको स्रोतले बतायो । नागरिकमा समाचार छ ।