सभामुख सापकोटाका सहयोगीलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सभामुख सापकोटाका सहयोगीलाई कोरोना संक्रमण



काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाका सहयोगीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

परिचय नखुलाइएका ति कर्मचारी लैनचौरस्थित सरकारी निवासमा कार्यरत रहेको बताइएको छ। कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबार सभामुख सापकोटासहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।

पछिल्लो समय नेपालमा पनि उच्चपदस्थहरूमा कोरोना संक्रमण देखिन थालेको छ । संक्रमण पुष्टि भएका सभामुखको सरकारी निवासमा कार्यरत ती कर्मचारीमा विवरण खुलाइएको छैन।