पार्टीमा भएका पछिल्ला गतिविधिले यस्तै हुन्छ भन्न सकिन्न: प्रचण्ड - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

पार्टीमा भएका पछिल्ला गतिविधिले यस्तै हुन्छ भन्न सकिन्न: प्रचण्ड



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदको लागि नभएर विधि र पद्धतिलाई स्थापित गर्नको लागि भएको बताएका छन् ।

पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको भन्दै के होला कसो होला भन्नेजस्तो भएको चिन्ता टिप्पणी गरे । कम्युनिष्ट नेता तुल्सिलाल अमात्यको २१ औं स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘मैले संविधान बनाउने बेलामा पनि, निर्वाचन प्रक्रिया स्थानिय तहको गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन्, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं,’ उनले भने ।

अध्यक्ष दाहालले पद प्राप्तिका लागि तंछाडमछाड गरेको जस्तो देखिएको भन्दै उनले भने,‘यो पदको छिनाझप्टि विल्कुलै होइन् ।’ उनले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको बताए ।

उनले अगाडि थपे, ‘पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने हाम्रो चिन्ता हो ।’

नेपालमा कम्युनिष्ट एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि एउटा मोडेल भए पनि पछिल्लो बहस र गतिविधिले चिन्ता बढिरहेको बताए । उनले नेकपा असामान्य पार्टी भएकोले आन्दोलन र देशलाई नै प्रभावित बनाउने टिप्पणी गरे ।