काठमाडौं उपत्यकाका यी आठ स्थानमा भेटिए संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौं उपत्यकाका यी आठ स्थानमा भेटिए संक्रमित



काठमाडौं- पछिल्ला केहिदिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको निकै जोखिम क्षेत्र बनेको छ । दिनदिनै बढेका संक्रमितका संख्याले पनि यो पुष्टि गर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले बिहीवार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएको जनाएको छ।

ईडीसीडीका अनुसार काठमाडौंको दक्षिणकाली, जोरपाटी, बानेश्वर, बनस्थली, अनामनगर, महाराजगञ्ज, कीर्तिपुरलगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन्।

यस्तै ललितपुरको कुपन्डोलमा पनि कोरोना संक्रमित भेटिएको ईडीसीडीले जनाएको छ। ईडीसीडीका एक अधिकारीले उपत्यकाका अन्य बाँकी ठाउँमा देखिएका संक्रमितहरूको पूरा विवरण आइनसकेको बताए।