कांग्रेस अनुशासन समितिको नियत ठिक छैन: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कांग्रेस अनुशासन समितिको नियत ठिक छैन: रामचन्द्र पौडेल



काठमाडौं– नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व राज्यन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।

उनले यसबाट कांग्रेस अनुशासन समितिको नियतमाथि नै शंका उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सिटिङ संसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उम्मेदवारसँग जोडी विधानको दफा ३४ बमोजिम ५ वर्षका लागि पार्टीवाट निष्कासनको कारबाही गर्नु कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।’

पौडेलले तनहुँ क्षेत्र नं १ मा बगी उम्मेदवारी दिने व्यक्तिलाई कारबाही नगरिएकोमा पनि आपत्ति जनाएका छन्।