यसरी कांग्रेस बने सुनिल थापा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

यसरी कांग्रेस बने सुनिल थापा



काठमाडौँ – राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्।

पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरेका हुन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन्।

थापाले राप्रपाले राप्रपामा लोकतन्त्रिक चरित्र र धार सकिएकाले त्यहाँ बसिरहनु उपयुक्त नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका हुन्। लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर पार्टी प्रवेश गरेको थापाले बताएका छन्।

कांग्रेस उनलाई सहमहामन्त्री बनाउने भएको छ।

थापासँगै केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि कांग्रेस प्रवेश गरेका छन्।