कमलादीबाट प्रहरीले समात्यो अबैध १५ किलो सुन
काठमाडौं- काठमाडौंमा ठुलो मात्रामा सुन बरामद भएको छ। प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो ।
प्रहरीले सुन तस्करी नियन्त्रणमा आइसकेको बताइरहेका बेला ठूलो परिमाणमा सुन बरामद भएको हो । प्रहरीले बरामद गरेको सुन कस्को हो भन्ने कुरा खुल्न बाँकी नै रहेको छ ।