अनिश्चितकालका लागि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
अर्काे सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको स्थायी कमिटि सदस्य बेदुराम भुषालले जानकारी दिए ।
बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको छ। केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका छन् ।