महाबौद्ध क्षेत्र सिल: सबै स्थानीयको रिपोर्ट नआउँदासम्म नखुल्ने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

महाबौद्ध क्षेत्र सिल: सबै स्थानीयको रिपोर्ट नआउँदासम्म नखुल्ने



काठमाडौं- समुदायमा कोरोना संक्रमित भेटिएपछि काठमाडौंको महाबौद्ध क्षेत्र सिल गरिएको छ।

भारत घर भई काठमाडौं गोसिफल डेरामा बस्ने दुई जनामा कोरोना देखिएपछि महाबौद्ध क्षेत्र सिल गरिएको हो।

महाबौद्धमा पसल गर्दै आएका धीरज साह र रञ्जु साहमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रका सबै स्थानीयको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ।

गणेश मन्दिरदेखि महाबौद्धसम्म व्यवसाय गरी बस्नेहरुको पनि पिसिआर परीक्षण गराउन आग्रह गरिएको छ। यस्तै, प्रशासन उनीहरूको सम्पर्कमा आएका सबैलाई तत्काल परीक्षण गराउन अनुरोध गरेको छ।