६२ हजारभन्दा बढी मानिस काठमाडौं भित्रिए - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

६२ हजारभन्दा बढी मानिस काठमाडौं भित्रिए



काठमाडौं- सरकारले लकडाउन अन्त्य गरेको एक साता हुन लागेको छ। लकडाउन हटाइएपनि लामो दुरीका सवारी साधन भदौ १ गतेबाट मात्र चल्ने छन्।

छोटो दुरीका सवारी साधन असार २६ गतेबाट सन्चालन गर्ने निर्णय सरकारले गरेको थियो। सार्वजनिक सवारी साधन नखुलेपनि काठमाडौं उपत्यका भित्रनेको संख्या भने बढेको बढ्यै छ।

पछिल्लो एक महिनामा मात्र ६२ हजार २ सय ८ जना काठमाडौं उपत्यका भित्रिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार यो अवधीमा १७ हजार ७ सय ५७ सवारी साधन राजधानी भित्रिएका छन्। यस्तै ६ हजार चार सय ८५ जनालाई बाटोबाटै फिर्ता पठाइएको छ।

लकडाउन कायम रहेका बेला राजधानीमा निजी कार्यालयहरु खुलेपछि बाहिरबाट उपत्यका भित्रनेको संख्या ह्वात्तै बढेको थियो। सरकारले आफु आएर बस्ने स्थानीय निकायको अनुमतीसहित पास लिनुपर्ने व्यवस्था गरेपनि यसको कार्यान्वयन पक्ष फितलो छ।