काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- काठमाडौंस्थित महाबौद्धमा पसल गर्ने एकै घरका पाँच जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो।

उनीहरू भारतको विहारबाट आएको बताइएको छ उनीहरूको पुरै परिवारलाई नै संक्रमण पुष्टि भएको शुक्रराज हस्पिटलका एक चिकित्सकले बताएका छन् । अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो। कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो।

१५/२० दिन अगाडि मात्र छोरी र नानीति बिहारबाट काठमाडौं आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो।

उनीहरु महाबौद्ध काठमाडौमा पसल व्यवसाय गर्नेहरु रहेको बताइएको छ । संक्रमित परिवारको महावौद्ध गणेश मन्दीर नजिकै अन्डरगार्मेन्ड पसल छ। उनको पसल वरपरका र सम्पर्कमा आएका १०० जनाको नाम संकलन गरी काठमाडौं महानगरपालिका २७ नम्बर वडा मार्फत स्थानीयले परीक्षणको लागि अनुरोध समेत गरेका छन्।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भएको छ। केही सातादेखि यता काठमाडौंमा दैनिक भारत तथा तराइबाट आएकाहरुमा संक्रमण पुष्टि भएको छ।

पुष्टि हुनेहरुमा धेरै जसो भारतको विहारवाट आएका र नेपालको तराइ क्षेत्रवाट आएका बढी छन्। लामो समयको लकडाउन खुकुलो भएपछि उनीहरु बिभिन्न माध्यमवाट काठमाडौं भित्रिएका हुन्।

सरकारले नेपालमा कोरोना संक्रमितको संख्या घटेर तीनदेखि ४ प्रतिशतमा पुगेपछि लकडाउन खोलेको थियो। नेपालमा संक्रमणदर घटेपनि भारतमा दैनिक हजारौको संख्यामा संक्रमण बढिरहेकोले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्।