‪अति भयो, असह्य भयो, अब सहन सकिन्न: नारायणकाजी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

‪अति भयो, असह्य भयो, अब सहन सकिन्न: नारायणकाजी



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्ला केही घटनाप्रति असन्तुष्टि जनाएका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले ‘के हुँदैछ यस्तो?’ भन्दै प्रश्न गरेका छन्।

‘के हुदैछ यस्तो?’, श्रेष्ठले लेखेका छन्, ‘न्यायालय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ? बास र छाक टार्ने समस्याबाट पिडीत गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढंगले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाइन्छ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ?’

उल्लेखित घटनालाई उनले ‘हद भयो, असह्य भयो’ भनेका छन्। ‘न्याय स्थापित होस् र दोषी माथि कारबाही होस्’, उनले भनाई छ।