काठमाडौंमा कोरोनाको बबण्डर: प्रहरी र व्यापारीहरूमै फैलियो संक्रमण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

काठमाडौंमा कोरोनाको बबण्डर: प्रहरी र व्यापारीहरूमै फैलियो संक्रमण



काठमाडौं- पछिल्ला केहिदिनमा काठमाडौं उपत्यका भित्र कोरोना संक्रमणले तिब्र रुप लिएको छ । कतिपय विज्ञहरूले समुदायमै कोरोना संक्रमण फैलिएको बताएका छन् भने संक्रमितहरू दिन प्रतिदिन थपिएका छन् ।

काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा ब्यापारी र प्रहरीलाई संक्रमण भएका खबर सार्वजनिक भैरहेका छन् । यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको बताएका छन् ।
उनीहरूलाई संक्रमण भएको थाहा भएपछि उनीहरूको सम्पर्कमा रहेका प्रहरी अधिकारीहरूको पनि परिक्षण गराइएको र ति मध्ये पनि केहीमा संक्रमण देखिएको बताइएको छ ।

त्यस्तै काठमाडौंका अति ब्यस्त स्थान इन्द्रचोक असन र कालिमाटीका व्यापारीमा पनि कोरोना संक्रमण भैसकेको छ ।

लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा अस्वाभाविक भिड लाग्ने, मानिसहरूले सतर्कता र सामाजिक दुरी कायम नगर्ने र मास्क समेत नलगाउने गरेकाले जोखिम एकदमै बढेको विज्ञहरूले बताउने गरेका छन् ।