रुपन्देहीमा सवारी दुर्घटना: एकको ज्यान गयो, पाँच घाइते - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

रुपन्देहीमा सवारी दुर्घटना: एकको ज्यान गयो, पाँच घाइते



बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको छ । बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।