एम्बाप्पे गम्भीर घाइते - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

एम्बाप्पे गम्भीर घाइते



काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेको दायाँ कुर्कुच्चामा गम्भीर चोट लागेको छ। एमबाप्पेलाई शुक्रबार फ्रेन्च कपको फाइनलमा चोट लागेको हो।

सेन्ट इटिनेका रक्षक लोइक पेरिनले फाउल गरेपछि २१ वर्षे एमबाप्पेले आशु झार्दे पहिलो हाफमै मैदान छाडेका थिए। पिएसजीले चोटबारे ७२ घण्टापछि थप जानकारी आउने जनाएको छ।

फ्रान्सका एमबाप्पेले जारी सिजन क्लबबाट ३३ खेलमा २९ गोल गरेका थिए। ‘‘एमबाप्पेको दायाँ खुट्टाको कुर्कुच्चामा गम्भीर चोट लागेको छ। उनको चोटको विस्तृत जानकारी आएपछि थप उपचार हुनेछ,’’ पिएसजीले विज्ञप्तिमा भनेको छ।

पिएसजीले अब ३१ जुलाईमा फ्रेन्च लिग कपको फाइनलमा लियोनविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने १२ अगष्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एटलान्टाविरुद्ध खेल्नेछ।