जेल हाल्नुपर्ने चोरहरूलाई विशिष्ट कुर्सीमा राखेपछि यस्तो भैरहन्छ: रवीन्द्र मिश्र - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जेल हाल्नुपर्ने चोरहरूलाई विशिष्ट कुर्सीमा राखेपछि यस्तो भैरहन्छ: रवीन्द्र मिश्र



काठमाडाैं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नदीको मूल सफा नभएसम्म सखाहरू सफा नहुने भन्दै अब जनता जाग्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला र आदेश गर्ने न्यायाधिसलाई लक्षित गर्दै उनले अब जनताले महाअभियोग लगाउनुपर्ने समेत बताएका छन् ।

मिश्रले भनेका छन्, ‘महाभियोग लगाउन योग्यहरुलाई जानीजानी नियुक्त गर्नेहरुलाई जनताले नै महाभियोग नलगाएसम्म परिवर्तन सम्भव छैन ।’ सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले काेइरालालाई जेलमुक्त गर्ने फैसला गरेकाे थियाे।

मिश्रले शुक्रबार ट्विट गर्दै नदीकाे मूल सफा नगरेसम्म शाखाहरु सफा नहुने बताएका छन्। उनले लेखेका छन्, ‘महाअभियोग लगाउन योग्यहरुलाई जानीजानी नियुक्त गर्नेहरुमाथि जनताले ‘महाअभियोग’ नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरुलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरुमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।’