डा. भट्टराईले गरे पाँच शक्तिशाली प्रस्ताव: निशानामा प्रधानमन्त्री र न्यायाधीश - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

डा. भट्टराईले गरे पाँच शक्तिशाली प्रस्ताव: निशानामा प्रधानमन्त्री र न्यायाधीश



काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेकोले यसबाट निकास दिलाउन पांच शक्तिशाली प्रस्ताव गरेका छन् ।

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउले देखि प्रधानमन्त्री ओलीलाई बिदाई गर्ने सम्म उनले शक्तिशाली प्रस्ताव गरेका छन् । त्यतिमात्र होइन भ्रष्टाचार अन्त्यका लागि समेत उनले नयाँ प्रस्ताव गरेका छन् ।

संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाउने प्रस्ताव भट्टराईले गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाभियाग लगाउन प्रस्ताव गरेका हुन् ।

यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्काे आलोचना भइरहेका बेला बाबुरामले यस्तो बताएका हुन् ।