अतिक्रमण नियन्त्रण गरि वृक्षारोपणमा जुटे युवा

विशाल पाण्डेय/कैलाली –
राष्ट्रिय वनमा भएको अतिक्रमणलाई हटाएर कैलालीको घोडाघोडी नगरपालिका -२ थुम्कीका युवाहरूले वनमा वृक्षारोपण गरेका छन् । लामो समयदेखि भएको अतिक्रमलाई हटाइ स्थानीय युवाहरुले शुक्रबार वृक्षारोपण गरेका हुन् ।
स्थानीयहरुद्बारा फडानी गरेर अतिक्रम गर्न लागिएको राष्ट्रिय वनलाई सोही ठाउका युवाहरुले सम्झाइ बुझाइ गरेर विभिन्न जातका बोट बिरुवाहरु रोपिएको स्थानीय युवा राजेन्द्र बिष्टले जानकारी दिए ।
वन अतिक्रमणलाई हटाई वन संरक्षणको लागि स्थानीय युवाहरुको समुहले उक्त राष्ट्रिय वनलाई सामुदायिक वनको लागि दर्ताको प्रस्ताव समेत पेश गरिएको प्रस्ताबित शिवकालिका युवा सामुदायिक वनका अध्यक्ष मदन बिष्टले बताए । करिब २ बर्ष अघि देखि फडानी भएको जंगललाइ नियन्त्रण गर्दा गर्दै पनि अतिक्रम नरोकिएपछी बन विभाग संग समन्वय गरि अतिक्रम हटाएको बताए ।
युवाहरुको अगुवाई तथा स्थानीयबासीको सहभागितामा साल, सिसौ, खयर लगायतका करिब १ हजार ८ सय बिरुवा रोपिएको प्रस्ताबित सामुदायिक वनका सचीव शंकर डगौराले बताए । उनले वन विनासले प्राकृतिक समस्याका साथै मानवीय समस्याहरु पर्ने हुनाले सबै मिलि बनको संरक्षण गर्नुपर्ने बताए ।
करिब ७ बिगाहा वन अतिक्रमको चपेटामा परेको हुँदा आफू र आफ्ना भावी पुस्ताहरुलाइ समेत प्राकृतिक समस्या नआओस भन्ने अनुभुतीले वन संरक्षणमा जुटिरहेको डगौराले बताए । उनले जंगलको आवश्यकता र महत्त्वको बारेमा जानकारी दिएपछी अतिक्रममा लाग्नु भएको स्थानीयहरुले पनि वन संरक्षणका लागि वृक्षारोपणमा समेत सहयोग गरेको जानकारी दिए ।

