शीतल निवासमा प्रधानमन्त्री: राष्ट्रपतिसंग ३ घण्टा छलफल - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

शीतल निवासमा प्रधानमन्त्री: राष्ट्रपतिसंग ३ घण्टा छलफल



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलेको आंकलन गरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओली भने शीतलनिवासमा पुगेर राष्ट्रपतिसंग लामो छलफल गरेका छन् ।

बुधबार बेलुका करिव ३ घण्टा शितलनिवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको स्रोतले जनाएको छ ।

राष्ट्रपति राजनीतिमा सक्रिय रहेको चर्को आलोचना भैरहेका बेला भण्डारी र प्रधानमन्त्री ओलीबीच लामो छलफल भएको हो।

प्रधानमन्त्री ओली बुधबार बेलुकी सात बजे राष्ट्रपति निवास पुगेका थिए । स्रोतका अनुसार राति दस बजे बल्ल शीतलनिवासबाट बाहिरिएको बताइएको छ ।

नेकपाभित्रको राजनीतिमा संकटको सामना गरिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई राष्ट्रपतिले काँध थामिरहेको आरोप पार्टीभित्र र बाहिर लाग्ने गरेको छ।