ओलीले विपक्षीलाई थुन्ने योजना बनाएको डा. भट्टराईको आरोप
काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र ध्वंस गर्न उद्यत रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवस मनाइरहँदा उनले ओलीले पुष्पलालको सपना पुरा नगर्ने समेत बताए ।
आज साँझ ट्वीट गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ओलीमाथि राष्ट्रपति, अदालत, अख्तियार, सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने गतिविधि गरेको आरोप लगाए । देशमा फासिवाद लाद्ने बाटोमा रहेको उनको टिप्पणी थियो ।
उनले ट्वीटमा भनेका छन्, पुष्पलाल स्मृतिदिवसमा भन्नैपर्छ- केपी ओलीले पुष्पलालको सपना पूरा गर्न हैन पुष्पलालले शिलान्यास गरेको र हाम्रो पुस्ताले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ध्वंसगर्न उद्यत छन् । राष्ट्रपति, अदालत, अख्तियार, सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा छन् । नझुकौं,लडौं!