अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प



एजेन्सी- अमेरिकामा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यमा ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको हो।

अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको बताइएको छ । शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ।

अमेरिकी भूगर्भ सर्भेले पृथ्वीको सतहभन्दा १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ। भूकम्पपछि त्यहाँको अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको तटीय क्षेत्रमा सुनामी आउन सक्ने जनाएको छ।

उक्त चेतावनीपछि केही वस्तीमा सञ्‍चारमाध्यम, सामाजिक सञ्जालसहितबाट सचेत गराइएको छ। स्थानीयस्तरमा सुनामीको चेतावनीसहित साइरन पनि बजाइएको छ। सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावित स्थानमा दक्षिण अलास्कासहितका क्षेत्र रहेका जनाएको छ।