लकडाउन अन्त्य भएपनि काठमाडौं छिर्न अनिवार्य पास चाहिने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

लकडाउन अन्त्य भएपनि काठमाडौं छिर्न अनिवार्य पास चाहिने



काठमाडौं- नेपालमा लकडाउन पूर्ण रूपमा खुलेपनि काठमाडौं उपत्यका छिर्न भने कडाई गरिएको छ ।

मंगलबार रातिदेखि लकडाउन सकिएको भएपनि काठमाडौं प्रवेशमा भने पास चाहिने भएको छ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सूचना अधिकारीले भने- ‘अनुसार लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ । ‘

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ।