एन–९५ मास्कले कोरोना छेक्दैन, कपडाकै मास्क उपयुक्त - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एन–९५ मास्कले कोरोना छेक्दैन, कपडाकै मास्क उपयुक्त



काठमाडौं- कोरोना भाइरसबाट बच्न मास्क लगाउनु एक प्रभावकारी उपाय मानिएको छ। त्यसमा पनि एन–९५ मास्कलाई सबैभन्दा सुरक्षित ठान्ने गरिएको छ।

तर भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले छिद्रवाला एन–९५ (एन–नाइन्टी फाइभ) मास्क कारोना रोक्न सक्षम नभएको जानकारी दिएका छन्।

ट्विटर गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’