यी हुन् लकडाउन खुलेपनि तत्काल नखुल्ने क्षेत्रहरू - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यी हुन् लकडाउन खुलेपनि तत्काल नखुल्ने क्षेत्रहरू



काठमाडौं– सरकारले आज मध्यरातबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ। तर चैत ११ देखिको लकडाउन खुले पनि केही क्षेत्र भने अझै बन्द नै रहनेछन्।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन खुले पनि भिड जम्मा हुने केही क्षेत्र तत्काल नखोलिने जानकारी दिएका छन्। लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताएका छन्।

के खुल्दैनन्?

खतिवडाका अनुसार लकडाउन खुले पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर र स्वीमिङ पुल लगायत क्षेत्र अर्को निर्णय नभए सम्मलाई बन्द नै रहनेछन्।

खतिवडाले विद्यार्थी भर्ना र परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको जानकारी दिएका छन्।

प्रवक्ता खतिवडाले अन्तर्राष्ट्रिय सीमा नाका अझै नखोलिने बताए। उनले सीमा नाकाबाट साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको जानकारी दिएका छन्। स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने बताउँदै उनले लुकिछिपी आएमा कारवाही हुने जानकारी दिएका छन्।

साउन १५ देखि खुल्ने

त्यसैगरी सरकारले सरकारले साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालय पनि खुला गर्ने निर्णय गरेको छ। खतिवडाले सेमिनार र भेला भने गर्न नपाइने बताएका छन्।