नयाँ दिल्ली कोरोनाको सबैभन्दा बढी जोखिममा - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

नयाँ दिल्ली कोरोनाको सबैभन्दा बढी जोखिममा



काठमाडौँ- भारतको राजधानी दिल्ली कोरोनाको सबैभन्दा बढी जोखिममा देखिएको छ । दिल्लीमा प्रत्येक चार जनामा एक जना कोरोना संक्रमित हुनसक्ने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

भारतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोलले दिल्लीमा गरेको अध्ययनमा यस्तो खुलासा भएको छ । यो सर्वेमा दिल्लीमा र्यान्डम रुपमा २१ हजार ३८७ जनाको ब्लड स्याम्पल लिइएको थियो । जसमा २३.४८ प्रतिशत मानिसको ब्लडमा कोरोना एन्टीबडी पाइएको छ ।

यस सर्वेको नतिजामा अहिले दिल्लीमा देखिएको कोरोनाको अवस्था भन्दा चिन्ताजनक रहेको देखिएको छ ।

दिल्लीमा अहिलेसम्म एक लाख २३ हजार ७४७ जना संक्रमित भएका छन् । अर्थात दिल्लीको अहिलेको जनसंख्या एक करोड ९८ लाखमा यो संक्रमितको संख्या एक प्रतिशत भन्दा पनि कम जनालाई पुष्टि भएको छ ।

दिल्लीको नयाँ सर्वे अनुसार २३.४४ प्रतिशतको हिसाबले दिल्लीमा ४६.५ लाख कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

तर दिल्ली सरकारका अनुसार अहिले दिल्लीमा धेरै जनामा कोरोना पुष्टि नहुनुमा धेरैलाई कोरोनाको लक्षण नदेखिनु रहेको छ ।

यो सर्वे बाहिर आएपछि दिल्लीको अवस्था भयावह हुनसक्ने अनुमान गर्दै दिल्लीको जनघनत्व बढी रहेकोले सर्वेमा देखाएको २३.४४ प्रतिशतभन्दा बढी हुनसक्ने अनुमान गरीएको छ ।

विशेषज्ञहरुका अनुसार भारतले सरकारी तवरबाट गरिएको यो पहिलो सर्वे भएको बताइएको छ । यसले भारतमा कोरोनाको अवस्था बारे सरकारी अधिकारीहरु जानकार हुन सहयोग हुने बताइएको छ ।

त्यस्तै भारतमा कुल मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । भारतमा कुल संक्रमित ११ लाख ५५ हजार १९१ पुगेको छ ।