जिल्ला प्रशासन कार्यालय समेत डुब्यो: वीरगन्ज जलमग्न - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जिल्ला प्रशासन कार्यालय समेत डुब्यो: वीरगन्ज जलमग्न



वीरगन्ज । भारी बर्षाका कारण पर्साका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय समेत अहिले डुवानमा परेको बताइएको छ ।

हिजोदेखिकोे अविरल बर्षाले वीरगन्ज महानगरपालिका क्षेत्र पनि जलमग्न भएको हो ।

सामान्य बर्षामा समेत जलमग्न हुने पर्साको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय अहिले डुवानमा परेको छ ।

ओमआश्रम, रानीघाट क्षेत्रमा नदीको बाढी पसेको छ । सिर्सिया नदीमा आएको बाढी नदीमा भरिएर वस्तीमा पसेको हो ।

भीषण बर्षाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ को बेल्वा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका हुन् ।