बुबालाई स्मरण गर्दै शशांकले गरे नैतिकता, राजनीति र कांग्रेसको तुलना
विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा पुत्र शशांक कोइरालाले सम्झना गरेका छन् । सामाजिक संजालमा लेख्दै कोइरालाले विपीले देखाएको नैतिकतासंग आजको नेपाली राजनीति र नेपाली कांग्रेसलाई तुलना गर्दै राजनीतिमा नैतिकता सबैभन्दा ठुलो योग्यता भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्
विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा उहाँको स्मरण गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । उहाँ राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र संङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यत्तित्वका धनी हुनुहुन्थ्यो ।
विपिले राजनितिमा नैतिकतालाई सधै उच्च स्थानमा राख्नुपर्छ भन्दै प्रवासबाट नेपालका साथीहरुलाई लेखेको पत्रमा, साधारण जिवनमा जती नैतिकताको स्थान छ त्यस्तै राजनितिमा पनि, त्यसैले नैतिकता विनाको राजनितिले कहि कतै पुर्याउदैन भन्नुहुन्थ्यो । राजनितिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता हो ।
उहाँले सदैव आफु भन्दा पार्टी, पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नुभएको थियो । अहिले देश र पार्टी जे होस् म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने जुन संस्कारको विकास भएको छ यो परिपाटीले पार्टी र देश दुवैको हित हुँदैन ।
राष्ट्रियता र प्रजातन्त्र एक अर्कोका पुरक हुन । राष्ट्र हित चाहनेहरु एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा उहाँको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भिरताका साथ अघि वढ्नु आजको आवश्यकता हो ।