धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु
धादिङ- धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।
रातिको समयमा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।
रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न स्थानीयले बताए ।
एउटा मात्र घर बगाएको र बाँकी पाँच घर जोखिममा रहेकाले उनीहरुलाई राति नै अन्यत्र सारिएको छ ।
लगातारको वर्षाका कारण घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।