कोरोना खोपबारे डब्लुएचओ भन्छ: सकारात्मक परिणाम, तर अझै बाँकी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोना खोपबारे डब्लुएचओ भन्छ: सकारात्मक परिणाम, तर अझै बाँकी



काठमाडौं- कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा महत्वपूर्ण सफलता मिलेको समाचार सार्वजनिक भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएको छ।

उक्त परिणामलाई स्वागत गर्दै उसले कोरोनाको तीव्र फैलावट रोक्न तुरुन्तै काम गर्नुपर्नेमा जोड दिएको छ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित प्रेस ब्रिफिङमा डब्लुएचओका आपतकालीन कार्यक्रम निर्देशक डा. माइक रेयानले कोरोनाको भ्याक्सिन बनाइरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाई दिएका छन्। साथै उनले भनेका छन्, ‘यो सकारात्मक परिणाम हो, तर अझै लामो बाटो तय गर्न बाँकी नै छ।’

कोरोनाका लागि अहिले विश्वभर २३ वटा भ्याक्सिनमा काम भइरहेको छ। डब्लुएचओका प्रमुअ डा. टेड्रोस एदनहोम गेब्रेयासिसले भ्याक्सिन निर्माणमा भइरहेको चौतर्फी प्रयासको सराहाना गर्दै भ्याक्सिन सबैले पाउनुपर्नेमा जोड दिँदै आएका छन्। ‘हामीले धेरैको जीवन बचाउनु छ,’ उनले भने।