जबर्जस्ती करणी गर्ने नेकपाका नेता पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जबर्जस्ती करणी गर्ने नेकपाका नेता पक्राउ



काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ खुर्कोटमा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय नेकपाका नेता पक्राउ परेका छन्।

स्थानीय १५ वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा नेकपा वडा कमिटीका सचिव विदुरप्रसाद देवकोटालाई प्रहरीले पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

४५ वर्षीय देवकोटाले पाँच महिनाअघि घाँस काट्न हिँडेकी बालिकालाई जबर्जस्ती करणी गरेको उनको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।

बालिका अहिले पाँच महिनाकी गर्भवती छिन्। बालिकाले पेट दुख्यो भनेपछि अभिभावकले शनिबार खुर्कोटस्थित सुनकोसी मेडिकलमा स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती भएको खुलेको हो।