आन्तरिक उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो ।
आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ ।
बाह्य उडान सम्बन्धी भने कुनै निर्णय नभएको बताइएको छ ।