देशभर अविरल वर्षा: यी हुन् उच्च जोखिम भएका स्थान - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

देशभर अविरल वर्षा: यी हुन् उच्च जोखिम भएका स्थान



काठमाडौं- देशका विभिन्न भागमा भैरहेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम निकै बढेको छ । दुई दिनदेखि देशभर लगातार भइरहेको वर्षा केहिदिन नरोकिने मौसमविद्ले बताएका छन् ।

अहिले पनि देशभरजसो हल्कादेखि मध्यसम्म वर्षा जारी रहेको मौसमविद्ले जानकारी दिएका छन्। बढ्दो वर्षासँगै देशभर बाढी, डुबान र पहिरोको जोखिम पनि स्वाभाविक रूपमा बढ्छ।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले पलपल सूचना जारी गरेर बाढी आउन सक्ने सम्भावित स्थानका बारेमा जानकारी दिइरहेको छ।

मशाखाका अनुसार आज आज नारायणी नदीमा बहाव सतर्कता/खतरा चिह्न आसपास हुने सम्भावना छ भने कन्काई, कोसी, कमला, बागमती, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।