शंकर पोखरेलले भने: अब नेताहरू भाग्न मिल्दैन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

शंकर पोखरेलले भने: अब नेताहरू भाग्न मिल्दैन



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान हुन नसकेको बेला प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले अब नेताहरू भाग्न नमिल्ने बताएका छन् ।

पोखरेलले मंसिरमा एकता महाधिवेशन गरौँ भन्ने प्रस्तावाट नेताहरु भाग्न खोज्नु उचित नभएको बताएका हुन्।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट मानिने नेता पोखरेलले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गरौँ भनेर राखेको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूले जनाएको असहमतिप्रति असन्तुष्टि जनाएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरूले तीन वर्षभित्रै महाधिवेशन गरौंँ भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। जुन प्रस्तावलाई त्यतिबेला पार्टीका अर्का अध्यक्ष प्रचण्डले पनि समर्थन जनाएको चर्चा चलेको थियो।

तर, आइतबार बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुसँगको छलफलमा प्रचण्डले मंसिरमा महाधिवेशन गरौँ भन्ने ओलीको प्रस्तावमा आफूले सहमति नजनाएको प्रष्टिकरण दिएका छन्।