टिचिङ अस्पतालको खाताबाटै साढे १६ करोड कसले गायब बनायो ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

टिचिङ अस्पतालको खाताबाटै साढे १६ करोड कसले गायब बनायो ?



काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेको समाचार अनुसार सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।