अर्घाखाँचीमा जीप खस्यो, एकको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अर्घाखाँचीमा जीप खस्यो, एकको मृत्यु



अर्घाखाँची- अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । गोरूसिङगे-सन्धिखर्क सडकखण्डको ठाडादह नजिकै रिपाहा पाखामा शनिबार साँझ स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोहि जिपमा सवार एक जना भने गम्भीर घाइते भएका छन्। बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको सो गाडी दुर्घटना हुँदा पाल्पा रैनादेवी गाउँपालिका-८ का ३८ वर्षीय पाण्डव ठाहारीको दुर्घटनामा ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

गाडी चालक लिला तामाङ गम्भीर घाइते छन्। थप उपचारका लागि उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर गरिएको छ। गाडी सडकबाट करिव ६ सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको छ।

फाइल तस्विर