शीर्ष नेताबीच सहमतिकै आधारमा अघि बढ्ने सहमति - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

शीर्ष नेताबीच सहमतिकै आधारमा अघि बढ्ने सहमति



काठमाडौँ- सत्तारुढ नेकपाको शनिबार आयोजित सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमतिकै आधारमा अघि बढ्ने सहमति भएको छ।

करिब ४ घन्टासम्म चलेको बैठक नेताहरुबीच पार्टीका विवादका विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शनिबार साँझ सकिएको हो। आइतबारका लागि तय भएको स्थायी बैठकमा थप छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। नेकपाभित्र शक्ति संघर्ष उच्चतम विन्दुमा पुगेका बेला पार्टी फुटकै संघारमा पुगेको छ। यद्यपि विवाद समाधानका लागि प्रयासहरु जारी छन्।