विवाद सुल्झाउन ओली-प्रचण्डको अन्तिम वार्ता बालुवाटारमा शुरू - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विवाद सुल्झाउन ओली-प्रचण्डको अन्तिम वार्ता बालुवाटारमा शुरू



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरू भएको छ।

आजको स्थायी कमिटी बैठक चहार घण्टा पछि धकेलेर उनीहरू छलफलमा जुटेको बताइएको छ । बिहीबार दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफलले समस्या समाधानको प्रयास गरे पनि बैठक निश्कर्षविहीन भएको थियो।

बिहीबारको बैठकमा बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटीका अर्का सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए। बैठकमा दाहाल र नेपालले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री भने सरकार र पार्टी दुवैको नेतृत्त्व नछाड्ने अडानमा कायम रेको बताइएको थियो । प्रधानमन्त्रीले प्रचण्ड र नेपाललाई ‘म छोड्दिन, तपाईंहरू विधिअनुसार हटाउनुस्’ भनेर चुनौती दिएको स्रोतले बतायो।

प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठकमा एकाएक प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि असार १६ यता स्थायी कमिटिको बैठक बस्न सकेको छैन। स्थायी कमिटि बैठक असार १० बाट शुरू भएको थियो। तर दुई अध्यक्षबीचको विवाद मिलाउने प्रयासस्वरूप बैठक पटक पटक स्थगित गरिएको थियो।

बिहिबारको वार्ताबाट झनै दुरी बढेपछि अध्यक्ष प्रचण्ड र माधव नेपाल अब वार्ता नबस्ने भन्दै निस्किएका थिए । यसपछि विवादलाई पार्टी केन्द्रीय कमिटीमा लैजाने भनिएको छ । आज अन्तिम पटक समस्या समाधानको प्रयास गर्ने भन्दै ओली-प्रचण्ड छलफलमा बसेका छन् ।