अयोध्या प्रकरणमा भारत नबोल्ने
एजेन्सी – भारतले प्रधानमन्त्री केपी शर्मा अोलीले रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे नेपालले खण्डन गरेकाले नबोल्ने बताएको छ ।
यसअघि प्रधानमन्त्री अोलीले भानु जयन्तीको अवसरमा रामको जन्म भारतमा नभई नेपालको वीरगंजको पश्चिममा ठोरीमा भएको बताएका थिए ।
बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले यस विषयमा स्पष्टिकरण दिएकाले आफूले नबोल्ने बताएका छन् ।
उनले भने, ‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्वभर परिचित छ । नेपालको विदेश मन्त्रालयले पनि यस बारेमा स्पष्टिकरण दिइसकेको छ। यसबारेमा थप टिप्पणी गर्न म चाहदिँन ।’
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपालका राजनीतिक दलहरुले नै विरोध गरेका थिए । तर, कतिपयले प्धानमन्त्रीको शाहसको उच्च सम्मान पनि गरेका थिए ।