थप रणनीति बनाउँदै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

थप रणनीति बनाउँदै प्रधानमन्त्री ओली



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीको आन्तरिक विवादमा दुई पक्षबीच सहमति जुट्ला भन्दा झन् दुरी बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामाको दवाव बढेपछि नयाँ रणनीति तयार गर्न आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन्। बिहिबार बालुवाटारमा भएको छलफलले थप अन्योल बनेपछि प्रधानमन्त्री परामर्शमा जुटेका हुन् ।

शुक्रबारका लागि स्थायी कमिटी बैठक तय भएको तर बिहीबार दिउँसो भएको शीर्ष नेताहरुबीचको बैठकमा कुनै सहमति जुट्न नसकेका बेला प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरिरहेको बताइएको छ ।

बिहीबार साँझ उपप्रधानमन्त्री इश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, आफ्नै प्रमुख सल्लाहकार विष्णु रिमालसहितका नेताहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन्।

बिहिबार साँझ निकैबेर छलफल भएको स्रोतले जनाएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा नदिने अडान लिएका छन् । प्रचण्ड-नेपाल समूह भने ओलीले दुवै पदबाट राजिनामा गर्नुपर्ने अडान लिएका छन् ।

दुवै पदबाट राजिनामा नदिने बरू जुनसुकै परिस्थितिको सामना गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । उस्तै परे पार्टी समेत विभाजन गर्ने तयारीमा ओली रहेको बुझिएको छ ।