भदौ पहिलो साता नेकपा केन्द्रीय कमिटी बैठक
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालेको छ ।
बिहीबार दिउँसो बालुवाटारमा भएको ओली, दाहाल र नेपालको वार्ता सकारात्मक नभएपछि साँझ दाहाल–नेपाल समूहका शीर्ष नेता र स्थायी कमिटीका केही नेताहरु खुमलटारमा भेला भएका थिए ।
सोही भेलामा सहभागी एक नेताका अनुसार भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने र अहिले जारी स्थायी कमिटी बैठकका एजेन्डा केन्द्रीय कमिटीमा लग्ने सहमति भएको छ ।
यस्तै शुक्रबारको स्थायी कमिटी बैठक पनि स्थगित नगर्ने र बोल्न बाँकी सदस्यहरुले बोल्ने सहमति भएको छ ।