बालुवाटारमा तीन नेताको चर्काचर्की: झनै बढ्यो दुरी, स्थायी कमिटि बैठक नरोक्ने
काठमाडौं । नेकपाको विवाद झन् बढ्ने देखिएको छ। बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्न पुगेको छ ।
समाधानको आशा गरिएको बैठकमा तीनजनाको छलफल भैरहेकै बेला माधव नेपाल बिचमै निस्किएका थिए । नेपाल बाहिरिएपछि दुई अध्यक्षले केहीबेर कुराकानी गरेको भए पनि समस्या झनै बल्झिएको एक नेताले बताए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा लगायतका कुरामा झनै चर्काचर्की भएको बताइएको छ ।
स्रोतका अनुसार माधव कुमार नेपालले प्रधानमन्त्री ओलीका कैयौं कमजोरी देखाउंदै तत्काल राजिनामा नै समाधान भएको बताएका थिए । नेपालको प्रस्ताव सुनेपछि प्रधानमन्त्री भने झनै बिच्किएको बताइएको छ ।
प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनु बुद्धिमानी हुने र समस्या समाधान पनि हुने पराएका थिए । प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिंदै बिच्किएका थिए । त्यसलगत्तै नेता नेपाल बैठकबाट बाहिरिएका थिए ।
नेपाल निस्किएपछि ओली प्रचण्डको छुट्टै वार्ता भएपनि कुनै समझदारी बन्न सकेन । तीन नेताको बैठक पनि निष्कर्षविहीन बनेपछि भोलिको स्थायी कमिटी बैठक थप अन्योल बनेको छ ।
भेला भएका थिए । प्रचण्डनिवासमा बिहान बहुसंख्यक सचिवालय सदस्य भेलाले स्थायी कमिटी बैठक नरोक्ने छलफल गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।